बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नविल बैंकको कामु प्रमुख कार्यकारीमा ज्ञवाली

बुधबार, चैत्र १३ २०८१

काठमाडौं । नविल बैंकले कामु प्रमुख कार्यकारी अधिकृतको पदमा मनोज ज्ञवाली नियुक्त भएका छन् । बैंक सञ्चालक समितीको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाको राजीनामा स्वीकृत गर्दै वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत ज्ञवालीलाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सुम्पिएको हो । बैंकका अनुसार ढुंगानाको राजीनामा चैत १० गतेदेखि नै लागु हुनेगरी स्वीकृत गरेको हो ।