बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एक साताभित्र प्रमुख प्रशिक्षक नियुक्त गर्ने क्यानको तयारी

बुधबार, चैत्र १३ २०८१

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रमुख प्रशिक्षक एक साताभित्र नियुक्त गर्ने नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ ।

क्यानले मङ्गलबार विज्ञप्ती जारी गर्दै प्रशिक्षकका लागि आवेदन परेको ७० जनाबाट १० जनाको नाम सर्टलिस्ट गरिएको उल्लेख गरेको छ ।

सोही १० जनाबाट अन्तरवार्ता लिएर एक जनाको नाम सार्वजनिक गर्ने क्यानको तयारी छ । नयाँ प्रशिक्षकका लगि पूराना प्रशिक्षकले समेत पुनस् आवेदन दिएका छन् ।