शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

गभर्नरको दौडमा रहेका नबिल बैंकका प्रमुख कार्यकारी ढुंगानाले दिए राजीनामा

बुधबार, चैत्र १३ २०८१

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले राजीनामा दिएको छ । गभर्नरको दौडमा रहेका ढुंगानाले नबिल बैंकबाट राजीनामा दिएका हुन । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ढुंगानाको पदावधि अझै डेढ वर्ष बाँकी छ ।

बैंक तथा वित्तीय संस्थामा आबद्ध भइरहेकै अवस्थामा गभर्नर बन्न नमिल्ने र सरकारले गभर्नर नियुक्तिको लागि समिति समेत बनाएपछि सो पदमा उम्मेदवारी दिन बैंकबाट राजीनामा दिएको ढुंगानाले जानकारी दिएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले गभर्नर छनोटको लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको छ । समितिका सदस्यमा पूर्व गभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.विश्व पौडेल छन् । हालका गभर्नर डा. महाप्रसाद अधिकारीको पदावधि चैत २४ गते सकिँदैछ । गर्भनर अधिकारी अहिले बिदामा बसेका छन् ।