शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

डोरेन्द्र निरौलाको आधुनिक गीत ‘महत्तानै’  सार्बजनिक (गीतसहित)

आइतबार, चैत्र १० २०८१

काठमान्डौ। गायक डोरेन्द्र निरौलाको आधुनिक गीत ‘महत्तानै’  सार्बजनिक भएको छ।

म्युजिक नेपालबाट यूट्यूबमा रिलिज भएको यो गीतमा स्वर र शब्द रचना स्वयं निरौलाको रहेको छ भने संगीत डेनी निरौलाको रहेको छ।

हाल कागेश्वोरी मनोहरा नगरपालिका वडा नम्बर ०७ नवदुर्गा टोलमा बसोबास गरिरहेका उनी गृहमन्त्रालयमा उपसचिवमा कार्यरत छन् ।

गायक निरौलाले दर्शक तथा स्रोताहरुको चाहाना अनुसारनै यो गीत तयार पारिएको र यसले सबै उमेर समूहका श्रोताहरुको मन जितिरहेको बताएका छन् ।

इलाममा जन्मिएका गायक निरौलाले यो गीत निर्माण गर्ने क्रममा सहयोग पुर्याउने सबैलाई धन्यवाद प्रकट समेत गरेका छन् ।

निरौलाले यस अघि बजारमा आएको मनिष प्रसाईको स्वर रहेको आधुनिक गित ‘झरी छुटयो’ मा शब्द रचना गरेका थिए ।

योसंगै निरौलाका पछिल्लो रचना समेत गरेर अहिलेसम्म तीनवटा रचनाहरु बजारमा आएका छन्।

गायक निरौलाले आफुले सधैं पहिला आफ्नो पेशाप्रति इमानदार रहि काम गरिरहेको र फुर्सदको समयमा गित संगीतको क्षेत्रमा पनि योगदान पुर्याउने चाहाना व्यक्त गरेका छन् ।