काठमाडाैं । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करण आजदेखि सुरु हुँदै छ ।
उद्घाटन खेलमा साविक विजेता कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बेंगलुरुसँग प्रतिस्पर्धा गर्दै छ । खेल नेपाली समयअनुसार बेलुका ७ बजेर ४५ मिनेटमा कोलकातास्थित इडेन गार्डेडमा हुनेछ ।
साविक विजेता कोलकाता प्रतियोगितामा विजयी सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्स बैंगलुरु भने साविक विजेता कोलकातालाई हराउँदै आईपीएलमा सुखद् सुरुवात गर्न चाहन्छ । रोयल च्यालेन्जर्सले अहिलेसम्म आईपीएलको उपाधि जित्न सकेको छैन । त्यसैले पनि उद्घाटन खेलमा साविक विजेतालाई हराउँदै प्रतियोगितामा उपाधि दावेदारी प्रस्तुत गर्ने रणनीतिमा रोयल च्यालेन्जर्स हुनेछ ।
रोयल च्यालेन्जर्स नयाँ कप्तान रजत पाटीदारको कप्तानीमा मैदान उत्रिनेछ ।
सन् २००८ देखि सुरु भएको आईपीएलमा मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सले समान ५ उपाधि जित्दै सर्वाधिक सफल टोली हुन् ।
त्यस्तै कोलकाताले तीनपटक उपाधि जित्दा डेक्कन चार्जर्स, राजस्थान रोयल्स, सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सले १-१ पटक उपाधि जितेका छन् ।
उद्घाटन खेलअघि चर्चित कलाकारहरूले प्रस्तुति दिने पनि तय छ । अभिनेत्री दिशा पटनी, गायिक श्रेया घोसाललगायतको प्रस्तुति रहनेछ ।