बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आर्यन सिग्देल र बिना राउतको धमाकेदार नृत्यसहित ‘होली सररर’ सार्वजनिक

आइतबार, फाल्गुन २५ २०८१

काठमाडौं । गायक रुद्रसेन विश्वकर्माले आफ्नो नयाँ होली गीत ‘होली सररर’ सार्वजनिक गरेका छन् । गीतमा समीक्षा अधिकारीको समेत स्वर रहेको छ भने संगीत तथा शब्द रचना रुद्रसेनकै रहेको छ ।

गीतको भिडियोमा अभिनेता आर्यन सिग्देल, मोडल बिना राउत र गायक रुद्रसेनको दमदार अभिनय देख्न सकिन्छ । भिडियो ओम प्रसाईले खिचेका छन् भने सम्पादन अमृत चापागाईंले गरेका छन् । गायक रुद्रसेनले भने, “यसपालिको होलीलाई अझ रमाइलो बनाउनका लागि ‘होली सररर’ तयार पारेको छु ।“ गीत युट्युब र अन्य डिजिटल प्लेटफर्महरूमा उपलब्ध छ ।

भिडियो लिंक