बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

बढ्यो सुनको मूल्य, कति पुग्यो आज ?

मंगलबार, फाल्गुन २० २०८१

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा एक हजार चार सय रूपैयाँले बढेर तोलाको १ लाख ६९ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ९ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।