काठमाडौं । इजरायलले युद्धविरामको अवधि ४२ दिन बढाएको छ । युद्धविरामको पहिलो चरण समाप्त भएको दिनदेखि नै इजरायलले युद्धविरामको अवधि थप गरेको हो ।
शनिबार मध्यरातमा पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको बीबीसीले जनाएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले रमजान र यहूदीहरूको निस्तार चाडलाई ध्यानमा राख्दै सरकारले गाजा युद्धविरामलाई थप छ हप्ताको लागि अस्थायी रूपमा विस्तार गर्न अनुमोदन गरेको बताएका छन्।
हमास र इजरायलबीच सन् २०२५ को जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो ।
स्टिभ विटकफको यो नयाँ प्रस्ताव अन्तर्गत इजरायललाई दोस्रो चरणको वार्ता असफल भएको महसुस भयो भने ४२ दिन पछि पुनः लडाई सुरु गर्न सकिने उल्लेख छ।
इजरायलले थप बन्धकहरूको तत्काल रिहाइ चाहन्छ। हमास पनि दोस्रो चरणलाई अगाडि बढाउन चाहन्छ।