अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीबीच भएको वार्ताका क्रममा दुई नेताबीच तनावको स्थिति उत्पन्न भएको छ।
उनीहरूबीच केही समय भनाभनसमेत भएको थियो। ह्वाइट हाउसमा उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो।
यस्ताे थियाे संवाद
भेन्सः म त्यस्तो कूटनीतिबारे कुरा गर्दैछु जसले तपाईंको देशको विनाश रोक्छ ।
जेलेन्स्कीः हो, तर तपाईँले भन्नु खोज्नुभएको कूटनीति के हो ?
भेन्सः राष्ट्रपति महोदय, सम्मानका साथ भन्न चाहन्छु कि अमेरिकी मिडियाको अगाडि आएर यस विषयलाई उठाउनु अपमानजनक हो । अहिले तपाईंहरूको अगाडि सिपाहीहरूको अभाव भएकोले जबरजस्ती भर्ती गरिरहनु भएको छ । तपाईंले अमेरिकी राष्ट्रपतिलाई धन्यवाद दिनु पर्ने हो, किनभने उहाँ तपाईंको देशलाई विनाशबाट जोगाउन खोज्दै हुनुहुन्छ ।
जेलेन्स्कीः तपाईँ युक्रेन पुगेर हेर्नु भएको छ र तपाईं हाम्रो समस्याबारे यस्तो भन्नुहुन्छ रु एकपटक आएर हेरिसक्नुभएको छ रु
भेन्सः म‘ म त्यहाँ गएको छु‘ म वास्तवमा हेरेको छु, कुराहरु सुनेको छु, र मलाई थाहा छ कि तपाईंले मानिसहरू बोलाएर प्रचारात्मक भ्रमणमा लैजानुहुन्छ । राष्ट्रपति महोदय, के तपाईं सेनामा जनशक्तिको बिजोग भएको कुरामा असहमत हुनुहुन्छ रु
जेलेन्स्कीः हामीसँग समस्या छन् ।
भेन्सः अमेरिकी राष्ट्रपतिको ओभल अफिसमा आएर प्रशासनलाई आलोचना गर्नु सम्मानजनक कुरा हो रु के लाग्छ तपाईंलाई रु जबकि उहाँ तपाईंको देशलाई विनाशबाट जोगाउन प्रयास गर्दैहुनुहुन्छ ।
जेलेन्स्कीः धेरै, धेरै प्रश्नहरू आए । पहिलोबाटै सुरु गर्छु ।
भेन्सः ठीक छ ।
जेलेन्स्कीः सबैभन्दा पहिलो कुरा त युद्धको समयमा सबैलाई समस्या हुन्छ । तपाईंलाई पनि हुन्छ । तर तपाईंहरूसँग राम्रो समुद्र छ । अहिले महसुस गर्नुहुन्न, तर भविष्यमा यसको महसुस गर्नुहुनेछ ।
ट्रम्पः तपाईंलाई केही पनि थाहा छैन ।
जेलेन्स्कीः भगवानले कृपा गरून् ।
ट्रम्पः हामी के महसुस गर्नेछौं भनेर तपाईंले हामीलाई अर्ती नदिनुस् । हामी समस्या समाधान गर्ने प्रयास गर्दैछौँ । तपाईंले हामीलाई के महसुस गर्नेछौ भन्ने होइन ।
जेलेन्स्कीः मैले तपाईँलाई केही भनेको छैन । म उहाँको प्रश्नको उत्तर दिइरहेको छु ।
ट्रम्पः त्यस्तो आदेश दिने तपाईंको औकात छैन ।
जेलेन्स्कीः म आदेश दिइरहेको छैन ।
ट्रम्पः हामी के महसुस गर्छौं भन्ने तपाईंको कुनै दम छैन । हामी राम्रो र शक्तिशाली महसुस गर्छौं ।
जेलेन्स्कीः तपाईं प्रभाव महसुस गर्नुहुनेछ ।
ट्रम्पः तपाईंको अहिले राम्रो अवस्था छैन । तपाईंले आफूलाई खराब स्थानमा राख्नु भएको छ । उहाँ ९भेन्स० यसमा सही हुनुहुन्छ ।
जेलेन्स्कीः युद्ध सुरु भएपछि ।
ट्रम्पः तपाईँको बलियो स्थान छैन । तपाईं हामीसँग कार्ड खेल्न बन्द गर्नुहोस् ।
जेलेन्स्कीः हामी कार्ड खेलिरहेका छैनौं ।
ट्रम्पः तपाईं कार्ड नै त खेल्दै हुनुहुन्छ । तपाईं लाखौं मानिसहरूको जीवनसँग जुवा खेल्दै हुनुहुन्छ । तपाईं तेस्रो विश्वयुद्धको जुवा खेल्दै हुनुहुन्छ । अहिले तपाईँले जे गरिरहनु भएको छ त्यसले यो देश अमेरिकाको अपमान भइरहेको छ ।
भेन्सः के तपाईंले एकचोटि धन्यवाद भन्नुभएको छ रु
जेलेन्स्कीः धेरै पटक ।
भेन्सः गलत । यो बैठकभरि तपाईंले धन्यवाद भन्नुभएको छ रु तपाईं अक्टोबरमा पेन्सिल्भेनिया गएर विपक्षी दलको समर्थन गर्नुभयो । अमेरिकालाई धन्यवाद भन्न शब्द खर्च गर्नुस्, जसले तपाईंको देश बचाउन प्रयास गर्दैछ ।
जेलेन्स्कीः कृपया, तपाईं सोच्नुहुन्छ कि तपाईं युद्धबारे ठूलो स्वरमा बोल्नुभयो भने‘
ट्रम्पः उहाँ ठूलो स्वरमा बोल्नु भएको छैन । तपाईंको देश ठूलो समस्यामा छ ।
जेलेन्स्कीः म उत्तर दिउँ रु
ट्रम्पः परेन परेन । तपाईंले धेरै कुरा गरिसक्नुभयो । तपाईंको देश ठूलो समस्यामा छ ।
जेलेन्स्कीः मलाई थाहा छ ।
ट्रम्पः तपाईं जितिरहनुभएको छैन ।
जेलेन्स्कीः म‘
ट्रम्पः तपाईं हामीले दिएको सहयोगको कारण राम्रो स्थितिमा आउन सक्नुहुन्छ ।
जेलेन्स्कीः राष्ट्रपति महोदय, हामी हाम्रो देशमा बसिरहेका छौं । बलियो छौं । युद्ध सुरु भएदेखि हामी एक्लै थियौं । र हामी धन्यवाद दिन्छौं । मैले धन्यवाद दिएको छु ।
ट्रम्पः तपाईं एक्लै हुनुहुन्थेन । हामीले तपाईंलाई यो मूर्ख राष्ट्रपति ९बाइडेन० मार्फत ३५० अर्ब डलर सहयोग दियौँ । हामीले तपाईंलाई सैन्य उपकरणहरू दियौँ । तपाईंका सैनिकहरू साहसी छन्, तर तिनीहरूले हाम्रो सैन्य उपकरण प्रयोग गर्नुपर्यो । यदि तपाईंलाई हाम्रो सैन्य उपकरण नभएको भए यो युद्ध दुई साताभित्रै सकिन्थ्यो ।
जेलेन्स्कीः पुटिनबाट सुन्दा त उनी तीन दिनमै भन्थे ।
ट्रम्पः त्यो भन्दा पनि कम समय लाग्थ्यो सायद ।
जेलेन्स्कीः दुई साताभित्र । यो पक्कै पनि ।
ट्रम्पः यस्तो अवस्थामा सम्झौता गर्नु गाह्रो हुन्छ ।
भेन्सः के तपाईं केवल धन्यवाद भन्न सक्नुहुन्छ‘रु
जेलेन्स्कीः मैले धेरै पटक अमेरिकी जनतालाई धन्यवाद दिएको छु ।
भेन्सः असहमतिहरू स्वीकार गर्नुहोस् र ती असहमतिहरू समाधान गरौँ । अमेरिकी मिडियामा विवाद उठाएर गलत सावित हुने प्रयास नगरौँ । हामीलाई थाहा छ, तपाईं गलत हुनुहुन्छ ।
ट्रम्पः तर हेरौँ, मलाई लाग्छ अमेरिकी जनताले के भइरहेको छ भन्ने देख्नु महत्वपूर्ण छ । तपाईंलाई धन्यवाद दिनुपर्छ किनभने अहिले तपाईँसँग कुनै कार्ड छैन ।
जेलेन्स्कीः म आभारी छु ।
ट्रम्पः तपाईँ युद्धमा पुरिनुभएको छ । मान्छेहरु मरिरहेका छन् । तपाईँका सैनिकहरु रित्तिइरहेका छन् ।
जेलेन्स्कीः कृपया, राष्ट्रपति महोदय ।
ट्रम्पः त्यसपछि तपाईं हामीलाई भनिहाल्नुस् ‘म युद्धविराम चाहन्नँ, म अघि बढ्न चाहन्छु ।’ सुन्नुहोस् यदि तपाईँ युद्धविराम चाहने हो भने अहिले हुन्छ । म चाहन्छु गोलाबारी रोकियोस् । तपाईंका मान्छेहरु मर्न रोकियोस् ।
जेलेन्स्कीः अवश्य पनि । हामी युद्ध रोक्न चाहन्छौँ ।
ट्रम्पः तर तपाईं युद्धविराम चाहनुहुन्न । म चाहन्छु युद्धविराम ।
जेलेन्स्कीः तर मैले तपाईंलाई सोधें, के छन् त ग्यारेन्टीहरू रु
ट्रम्पः किनभने तपाईं युद्धविराम छिट्टै पाउन सक्नुहुन्छ, सम्झौताभन्दा छिटो ।
जेलेन्स्कीः हाम्रो जनतालाई युद्धविरामबारे सोध्नुहोस् । उनीहरुको चाहना हजुरलाई मतलब छैन रु
ट्रम्पः त्यो कुरा मसँग थिएन । त्यो मुर्ख जो बाइडेनसँग थियो । त्यो ओबामासँग थियो । माफ गर्नुहोला, उनीहरुले तपाईंलाई सिरक दिए, तर मैले त ट्याङ्क हान्ने जेभलिन (हतियार) दिएँ । हो, मैले तपाईंलाई ती ट्याङ्कहरू ध्वस्त पार्नका लागि जेभलिन दिएँ । तपाईंसँग खेल्ने कुनै कार्ड छैनन् । तपाईं कृतज्ञ हुनुपर्छ । सोचाइहरु परिवर्तन गरेर मात्रै हुने हुनाले सम्झौतामा पुग्न सकस छ ।