आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८ औं बार्षिक साधारण सभा सम्पन्न

शुक्रबार, फाल्गुन १६ २०८१

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३८ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अनुसार यही फागुन १५ गते बिहिबार काठमाडौंको राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।

वार्षिक साधारणसभा पश्चात भएको निर्वाचनमा संस्थापक समुह तर्फबाट पृथ्वी बहादुर पाँडे सहित दिपंकर शाक्य उदय, प्रजन्य राजभण्डारी, र मदन कुमार आचार्यको निर्विरोध निर्वाचित भएका छन् । सर्वसाधारण शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदको निर्वाचनमा कवि कुमार टिवरेवाला र शालिक राम बेल्बासे निर्वाचित भएका छन् ।

बैंकले आर्थिक वर्ष २०८०/०८१ मा चार अर्ब ११ करोड रुपैंयाँ खुद मुनाफा आर्जन गरेको छ । यसअवधिमा बैंकको कुल निक्षेप ४६ अर्ब ५८ करोड रुपैंयाँले बढेर चार खर्ब सात अर्ब रुपैंयाँ पुगेको छ । यसैगरी कुल कर्जा रकम पनि यस अवधिमा छ अर्ब १० करोड रुपैंयाँले बढेर तीन खर्ब १८ अर्ब रुपैंयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कूल कर्जा तथा सापटी रकम तीन खर्ब २२ अर्ब रुपैयाँ रहेको थियो । बैंकको चुक्ता पूँजी भने ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोष ६० अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

बैकले हाल २७२ शाखा, २६६ एटिएम, १६ राजश्व संकलन काउन्टर सहित ६५ एक्टेन्सन काउन्टर र ६६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा दिँदै आएको छ । गुणस्तरीय सेवा तथा सुबिधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन– युरोमनीबाट “बेस्ट बैंक २०२३” को उपाधि समेत प्राप्त गर्न सपmल भएको छ ।