काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से बढेको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज मंगलबार सात दशमलव १३ अंकले बढेर २७ सय ६५ दशमलव ८८ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स शुन्य दशमलव ८१ अंकले बढेर चार सय ६० दशमलव शुन्य छ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको आज ९७ हजार पाँच सय ६२ पटकको कारोबारमा एक करोड ७८ लाख ६५ हजार सात सय तीन कित्ता शेयर किनबेच भएकोमा कारोबार रकम नौं अर्ब ९० करोड ९३ लाख ८६ हजार दुई सय २७ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये हुँदा सात वटा समुहले कमाएका छन भने छ वटा समुहहरुले गुमाएका छन् । आज बाँणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ३५ अंकले बढेर १३ सय ८५ दशमलव ३४ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुुचक पनि एक सय ११ दशमलव ३६ अंकले बढेर १३ हजार आठ सय ४४ दशमलव ३४ अंकमा पुगेको छ । अन्य, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने आज सात दशमलव २३ अंकले घटेर पाँच हजार छ सय ४४ दशमलव २४ अंकमा झरेकोमा जलबिद्युत, निर्जीवन बीमा, फाईनान्स, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन् ।
आज गार्डियन माईक्रो लाईफ इन्स्योरेन्स कम्पनीले सबैभन्दा बढी कमाउँदा वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । आज हिमालयन रि इन्स्योरेन्स कम्पनीको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।