शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१२ अंकले बढ्यो नेप्से, कारोबार रकम १० अर्ब ४३ करोड नाघ्यो

मंगलबार, फाल्गुन ६ २०८१

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार पनि नेप्से बढेको छ । अघिल्लो दिन झण्डै ३० अंकले बढेको नेप्से आजपनि १२ दशमलव ६८ अंकले बढेर २७ सय ४० दशमलव ५९ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दशमलव १७ अंकले बढेर सय ५९ दशमलव ८८ अंकमा चढेको छ । नेप्सेमा आज तीन सय १४ वटा कम्पनीहरुको ९९ हजार पाँच सय ८५ पटकको कारोबारमा एक करोड ८२ लाख ३० हजार तीन सय दुई कित्ता शेयर किनबेच भएका छन् भने कारोबार रकम १० अर्ब ४३ करोड ७० लाख छ हजार दुई सय १४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार हुँदा सात वटा समुहहरुको सुचक घटेर बाँकीको बढेको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव १० अंकले बढेर १३ सय ९० दशमलव ९८ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि दुई सय ३० दशमलव शुन्य चार अंकले बढेर १३ हजार चार सय १६ दशमलव ८९ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ३९ दशमलव २७ अंकले बढेर १२ हजार आठ सय ९७ दशमलव ६३ अंकमा पुगेकोमा लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय एक दशमलव ७३ अंकले घटेर पाँच हजार सात सय १४ दशमलव ३३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि पाँच दशमलव १६ अंकले घटेर तीन हजार आठ सय दशमलव ६३ अंकमा झरेको छ । फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि उच्च अंंकले घटेका छन् ।

आज वीन लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएपनि सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । हिमालयन रि इन्स्योरेन्स कम्पनीको सबैभन्दा बढी रकम कारोबार भएको छ ।