बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

अर्थमन्त्री पौडेल र मेयर आचार्यको थप उपचार कीर्तिपुरस्थित बर्न हस्पिटलमा हुँदै

शनिबार, फाल्गुन ३ २०८१

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं ल्याइएको छ ।

पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर विस्फोट भएपछि उनीहरू घाइते भएका थिए ।

बेलुन पड्किदा मेयर आचार्यको गालामा चोट लागेको छ भने उपप्रधानमन्त्री पौडेलको टाउको र अनुहारका विभिन्न ठाउँमा आगोका झिल्काले पोलेको बताइएको छ ।

घटनापछि उपचारका लागि आचार्यलाई फिस्टेल अस्पताल र मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेजमा लगिएको छ ।

मन्त्री पौडेल र मेयर आचार्य दुवैको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।

हेलिकोप्टरबाट काठमाडौं ल्याइएका उनीहरुलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ ।