शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

शाइन रेसुङ्गा राष्ट्रिय टेन के दौड प्रतियोगिताको सद्भावना दुतमा बैकुण्ठ मानन्धर नियुक्त

शुक्रबार, फाल्गुन २ २०८१

काठमाडौं । शाइन रेसुङ्गा राष्ट्रिय टेन के दौड प्रतियोगिताको सद्भावना दुतमा बैकुण्ठ मानन्धर नियुक्त भएका छन् । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडको १७ औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने प्रतियोगितामा कीर्तिमानी धावक तथा ओलम्पियन मानन्धरलाई सद्भावना दुतमा नियुक्त गरीएको हो ।

सर्वाधिक पुरस्कार राशीको १० किलोमिटरको दौड फागुन ११ गते बुटवलमा आयोजना हुनेछ ।

कीर्तिमानी धावक मानन्धर सद्भावना दुत नियुक्त भएपछि उनले आयोजक शाइन रेसुङ्गा बैंकलाई धन्यवाद दिएका छन् । उनले आम मानिसको स्वास्थ्य जीवनशैलीका लागि हरेक दिन दौडने संस्कृतिको विकास गर्न सबै जना लाग्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडी तथा धावकहरुलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको आधिकारिक वेबसाइटमा गएर फारम भर्न सक्नेछन् ।

दौड बैंकको केन्द्रिय कार्यालय कालिकानगरबाट सुरु भएर मणिग्राम चोक हुँदै पुन केन्द्रिय कार्यालयमा पुगेर समापन हुने छ ।

प्रतियोगितामा खुल्ला, स्थानीय ५० बर्ष सम्म र स्थानीय ५० वर्ष भन्दा माथीको गरि तिन विधा रहेका छन् । लुम्बिनी प्रदेशका कुनै पनि जिल्ला ९अर्घाखाँची, बाँके, बर्दिया, दाङ, पूर्वी रुकुम, गुल्मी, कपिलवस्तु, नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०, पाल्पा, प्युठान, रोल्पा, रुपन्देहीका धावकले स्थानीय क्याटेगरीमा सहभागी हुन पाउनेछन् । लुम्बिनी प्रदेश बाहेकका अन्य धावकले स्थानीय क्याटेगरीमा आवेदन दिएस्वतः खुला क्याटेगरीमा दर्ता हुनेछन् । सहभागीताको लागि ईच्छुक प्रतियोगिले एउटा विधामा मात्र नाम दर्ता गराउनुपर्ने छ ।

प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ राखिएको छ । प्रतियोगिताको पुरुष तथा महिला विधाका विजेता धावकले जनही १ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो हुनेले जनही ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुनेले जनही १० हजार रुपैयाँ पाउनेछन् । यस्तै, स्थानीय धावकको सहभागीता बढाउन ५ किलोमिटरको दौडमा ५० बर्ष सम्म र ५० वर्ष भन्दा माथिको गरि दुई विधा समावेश छन् । विजेता महिलार पुरुष खेलाडीले जनही १५ हजार, दोस्रो हुनेले १० हजार, तेस्रोले ५ हजार र चौथोंले २ हजार पाँच सय रुपैयाँ पाउने आयोजकले जनाएको छ ।