शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आइपिएलको १८ औं संस्करण २२ मार्चदेखि

शुक्रबार, फाल्गुन २ २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग ९आइपिएल०को १८ औं संस्करण अर्को महिनाबाट सुरु हुँदैछ। २२ मार्चमा हुने उद्घाटन खेलमा गत संस्करणको च्याम्पियन कोलकाता नाइटराइडर्सले घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंगलोरसँग भिड्ने छ। त्यस्तै इडेन गार्डेनमै प्रतियोगिताको फाइनलसमेत हुनेछ।

प्रतियोगिता १० टिमकव होम ग्राउन्ड बाहेक गुवाहाटी र धर्मशाला गरी १२ स्थानमा हुनेछ। आइपिएल इतिहासमा सर्वाधिक धेरै पटक च्याम्पियन चेन्नइ र मुम्बइ हुन् उनीहरुले समान ५-५ पटक उपाधि जितेका छन्।

आइपिएलको पहिलो संस्करण २००८ मा भएको थियो। जहाँ ८ टिम रहेका थिए। २०२२ देखि प्रतियोगितामा १० टिम सामेल गरिएको हो। दिल्ली, बैंगलोर, पञ्जाब तथा लखनउ अहिले सम्म उपाधि विहीन रहेका छन्।
क्रिकबजका अनुसार आइपिएलको पूरा सेड्युल १,२ दिनमा रिलिज गर्ने तयारी छ।