आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

बैंकिङ प्रणालीमा दुई अर्ब १९ करोड रुपैयाँ संस्थागत निक्षेप राख्दै राष्ट्र बैंक

आइतबार, माघ २७ २०८१

काठमाडौ । बैंकिङ प्रणालीमा नेपाल राष्ट्र बैंकले दुई अर्ब १९ करोड रुपैयाँ संस्थागत निक्षेप राख्ने भएको छ । बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुको मुद्धती निक्षेपमा उक्त परिमाणको रकम राख्न लागिएको हो । कर्मचारी सुरक्षण कोषमा रहेको रकम तीन सय ६६ दिने मुुद्धतीकोरुपमा लगानी गर्न प्रस्ताव आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

रकम लगानीको अवधि २०८१ फागुन छ गते देखि २०८२ फागुन छ गतेसम्म रहेको छ । रकम लगानी गर्न चाहाने बैक तथा फाईनान्स कम्पनीहरुले यही माघ २९ गते मंगलबारसम्म लगानी गर्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुुपर्ने छ।

लगानीको लागि छुुट्याईएको कुुल रकम मध्ये बाँणिज्य बैंकहरुको लागि एक अर्ब ७५ करोड २० लाख, बिकास बैंकहरुको लागि ३२ करोड ८५ लाख र फाईनान्स कम्पनीहरुको लागि १० करोड ९५ लाख रुपैंयाँ तोकिएको छ ।

रकम लगानी गर्न चाहाने बैंक तथा बित्तीय संस्थाहरु सञ्चालनमा आएको दुई बर्ष पुरा गरेको हुुनुुपर्ने, निष्क्रिय कर्जा राष्ट्र बैंकले तोकेको सिमाभित्र रहेको हुुनुुपर्ने छ ।