शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

नेप्सेमा झण्डै १२ अंकले गिरावट, फाईनान्स बाहेक सबै समुहको सुचक रातै

बिहिबार, माघ २४ २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन चार दशमलव ४५ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबार पनि ११ दशमलव ६४ अंकले घटेर २६ सय ९९ दशमलव ८१ अंकमा पुगेकोमा सेन्सिटिभ पनि एक दशमलव ५५ अंकले घटेर चार सय ५४ दशमलव ४९ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ९२ हजार तीन सय २६ पटकको कारोबारमा एक करोड ८६ लाख ८० हजार तीन सय ९२ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौं अर्ब २४ करोड ७३ लाख ७५ हजार दुई सय ८७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स समुहको सुचक ४२ दशमलव ४४ अंकले बढेर २७ सय २२ दशमलव ३९ अंकमा पुगेकोमा बाँकी समुहहरुको सुचक भने घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक चार दशमलव ७७ अंकले घटेर १३ सय ५९ दशमलव ११ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि १४ दशमलव ६२ अंकले घटेर तीन हजार आठ सय २३ दशमलव ५१ अंकमा झरेको छ । जीवन बीमा समुहको सुचक पनि २२ दशमलव १४ अंकले घटेर १३ हजार एक सय ६७ दशमलव ३४ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५९ दशमलव ६६ अंकले घटेर १३ हजार एक सय २१ दशमलव १० अंकमा झरेको छ । यसैगरी बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहहरुको सुचक पनि उच्च अंकले घटेका छन् ।

कारोबार भएका मध्ये आज अपर लोहोरे खोला हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । साहस ऊर्जा लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ ।