काठमाडौं । नेप्से सामान्य अंकले घटेको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से आज बुधबार पनि चार दशमलव ४५ अंकले घटेर २७ सय ११ दशमलव ४५ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य सात अंकले घटेर चार सय ५६ दशमलव शुन्य चार अंकमा झरेको छ । नेप्सेमा आज तीन सय नौं वटा कम्पनीहरुको ९० हजार सात सय ५२ पटकको कारोबारमा एक करोड ९१ लाख ८१ हजार चार सय १४ कित्ता शेयर किनबेच भएका छन् भने कुल कारोबार रकम आठ अर्ब ९५ करोड ८० लाख सात हजार तीन सय पाँच रुपैैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये पाँच वटा समुहले कमाएका छन् भने बाँकी समुहहरुले गुमाएका छन् । आज कारोबार भएका मध्ये फाईनान्स समुहको सुचक एक सय ४३ दशमलव ८९ अंकले बढेर २६ सय ७९ दशमलव ९५ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि एक दशमलव ६१ अंकले बढेर तीन हजार आठ सय ३८ दशमलव १३ अंकमा पुगेको छ । निर्जीवन बीम, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि आज बढेका छन् । बाँणिज्य बैंक समुहको सुचक भने तीन दशमलव ६५ अंकले घटेर १३ सय ६३ दशमलव ८९ अंकमा झरेकोमा जीवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त र व्यापार समुहको सुचक पनि घटेका छन् ।
नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाको शेयर मुल्य उच्चरुपमा बढ्दा सामुदायिक लघुवित्त वित्तीय संस्थाले शेयर मुल्य उच्चरुपमा घटेको छ । नेपाल पुर्नबीमा कम्पनीको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।