शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३

वर्षा कुँवरले जितिन् ‘मिसेस ब्यूटी क्वीन’को उपाधि

बुधबार, माघ २३ २०८१

काठमाडौँ । ‘रियलस्टेट’ व्यवसायी वर्षा कुँवरले ‘मिसेस ब्यूटी क्वीन नेपाल सिजन ७ को उपाधि प्राप्त गरेकी छन् ।

सिजन मिडियाले मङ्गबार साँझ यहाँ आयोजना गरेको प्रतियोगितामा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दे उनले उक्त उपाधि हासिल गरेकी हुन् । करुणा विक ‘फष्ट रनरअप’ भइन् भने ‘सेकेन्ड रनरअप’ रिन्जु कुसवहा भइन् ।

उक्त कार्यक्रमका प्रमुख अतिथि उपसभामुख इन्दिरा रानाले यस्ता प्रतियोगीताले विवाहित महिलाको सौन्दर्यका साथै आन्तरिक क्षमता, आत्मविश्वास वृद्धिमा बल पुग्ने विश्वास व्यक्त गरिन् ।

उक्त कार्यक्रममा निर्णायक मण्डलमा मुख्य निर्णायकको भुमीकामा वर्ड डिलर्स भारतकी प्रबन्ध निर्देशक डां विनिता राज, जुम्बा प्रशिक्षक तथा मोडल सोनाम केसी, नेपाल एयरहोस्टेस एकेडेमीका प्रशिक्षक इश्वरा पछाई, एसोसिएट कन्सल्टेन्ट एमडी, साइकियाट्री डा. ऋचा अमात्य ,व्यवसायी सुनिता अधिकार, कान्तिपुर टिभीकी उपसम्पादक तथा टिभी प्रस्तोता रुबिना थापा, गायिका मोडल तथा सामाजिक अभियन्ता रेखा शाह रहनुभएको मिडियाका कार्यक्रम निर्देशक रेजीना तुलाधरले जानकारी दिइन् ।