काठमाडौं । नेप्से बढेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से साताको दोस्रो कारोबार दिन आज सोमबार भने नेप्से दुई दशमलव ४१ अंकले बढेर २७ सय ३० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव २३ अंकले बढेर चार सय ५९ दशमलव ६१ अंकमा पुगेको छ ।
नेप्सेमा आज तीन सय १९ पटकको कारोबारमा एक लाख ११ हजार नौं सय १८ पटकको कारोबारमा दुई करोड ३७ लाख ७० हजार तीन सय ४८ कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार पाँच सय ३८ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर भएकोमा छ वटा समुहले गुमाएपनि बाँकी समुहहरुले भने कमाएका छन् । आज बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ४२ अंकले बढेर १३ सय ७० दशमलव ४० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय आठ दशमलव ८४ अंकले बढेर १३ हजार दुई सय ३१ दशमलव ६८ अंकमा चढेको छ । जीवन बीमा, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि आज बढेका छन् । बिकास बैंक समुहको सुचक भने आज २३ दशमलव ७६ अंकले घटेर छ हजार २५ दशमलव ५० अंकमा झर्दा जलबिद्युत समुहको सुचक पनि १८ दशमलव ८१ अंकले घटेर तीन हजार आठ सय ३० दशमलव ४२ अंकमा पुगेको छ । फाईनान्स होटल तथा पर्यटन, लगानी र अन्य समुहको सुचक पनि आज उच्च अंकले घटेका छन् ।
नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाएको छ भने ग्रीन डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने सबैभन्दा बढी रकम कारोबार भएको छ ।