आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रतिकूल अवस्थामा पनि बैंकहरुले कमाए २७ अर्ब मुनाफा

सोमबार, माघ २१ २०८१

काठमाडौं । प्रतिकूल अवस्थामा पनि वाणिज्य बैंकहरूको नाफा सन्तोषजनक देखिएको छ । पछिल्लो केही समय यता बैंकहरूमा निक्षेप बढेपनि अर्थतन्त्र शिथिल भएकै कारण कर्जाको माग बढ्न सकेको छैन । यो अवस्थामा राष्ट्र बैंकले बैंकिङ प्रणालीमा रहेको अधितरलता बिभिन्न किसिमका मौद्रिक उपकरणहरू जारी गरेर खिचिरहेको छ । यसको प्रभाव बैंहरूको खुद व्याज आम्दानीमा परेको छ । अर्कोतर्फ अर्थतन्त्र शिथिल भएकै कारण बैंकहरूले नियमितरुपमा कर्जाको सावाँ व्याज प्राप्त गर्न सकेका छैंनन् । यो अवस्थामा बैंकरहरूको कुशल व्यवस्थापकीय क्षमता कै कारण बैंकहरूले सम्हालिंदै सन्तोषजनकरुपमा खुद मुनाफा आर्जन गर्न सफल भएका हुन ।

बैकहरूले प्रकाशन गरेको चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरूले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ खुद मुनाफा कमाएका छन् । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा सञ्चालनमा रहेका २० वटा बैंकहरूले यो नाफा कमाएका हुन ।

अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकहरू मध्येमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ । नबिल बैंकले यही पुस मसान्तसम्ममा तीन अर्ब २४ करोड ४२ लाख ७७ हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा ग्लोवल आईएमई बैकले तीन अर्ब पाँच करोड ३४ लाख ८९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । प्राईम कर्मसियल बैंकले पनि चालु दोस्रो त्रैमासमा एक अर्ब ८६ करोड ९९ लाख ५० हजार रुपैंयाँ खुद मुनाफा कमाउँदा प्रभु बैंकले एक अर्ब ३३ करोड ६१ लाख ३८ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । कुमारी, नेपाल इन्भेष्टमेन्ट मेगा र एभरेष्ट बैंकले पछि पछिल्लो अवधिमा क्रमशः २७ करोड ५७ लाख ३० हजार, दुई अर्ब ८३ करोड २३ लाख २६ हजार र दुई अर्ब सात करोड ४७ लाख ६३ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । एनएमबी, सानिमा, हिमालयन र माछापुच्छे« बैंकले पनि पछिल्लो अवधिमा क्रमशः दुई अर्ब ३५ लाख ४० हजार, एक अर्ब १९ करोड २३ लाख ११ हजार, एक अर्ब ५१ करोड ८७ लाख ७० हजार ८० करोड ७३ लाख २७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।

अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आवको दोस्रो त्रैमासिक अवधिमा लक्ष्मी सनराईज, नेपाल एसबिआई र स्टान्र्डड चार्टड बैंकले भने क्रमशः एक अर्ब १६ करोड २० लाख ७६ हजार, ९० करोड दुई लाख ८१ हजार र एक अर्ब ६४ करोड छ लाख ३० हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । सिद्धार्थ, कृषि बिकास र सिटिजन्स बैंकले भने पछिल्लो अवधिमा क्रमशः ५३ करोड दुई लाख २९ हजार, ९५ करोड ७५ लाख ४९ हजार र ६६ करोड १८ लाख २८ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् । यसैगरी एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकले पनि पछिल्लो अवधिमा क्रमशः १५ करोड १७ लाख ३० हजार, ७६ करोड ३० लाख ३३ हजार र ४६ करोड १० लाख १७ हजार रुपैंयाँ खुद मुनाफा कमाएका छन् ।