बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

अमेरिकामा दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

शुक्रबार, माघ १८ २०८१

अनुसन्धानकर्ताहरूले संयुक्त राज्य अमेरिकाको वाशिङ्टन डीसीमा घातक दुर्घटनामा परेको यात्रुवाहक विमानको ‘ब्ल्याक बक्स’ भनिने फ्लाइट डेटा रेकर्डर फेला पारेको बीबीसीको अमेरिकी साझेदार सीबीएसले जनाएको छ।

स्थानीय समयानुसार बुधवार राति वाशिङ्टनस्थित विमानस्थलमा अवतरण गर्न लागेको अमेरिकी एअरलाइन्सको यात्रुवाहक विमान आकाशमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोकिएर पोटोम्याक नदीमा खसेको थियो।

उक्त विमानमा यात्रा गरिरहेका चालक दलका सदस्यसहित ६४ जना र सैन्य हेलिकप्टरमा रहेका तीन जना कोही पनि जीवित नरहेको ठानिएको छ। हाललाई दुर्घटनास्थलमा भइरहेको खोजी कार्य स्थगित गरिएको अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताएका छन्।

यातायात सुरक्षासम्बन्धी अमेरिकी राष्ट्रिय निकाय एनटीएसबीले दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन ३० दिनभित्र आउने बताएको छ।

उक्त निकायका अधिकारीहरूले आफूहरूसँग ‘धेरै जानकारी रहेको तर, त्यसलाई प्रमाणित गर्न केही समय लाग्ने’ बताएका छन्।

विमानको फ्लाइट डेटा रेकर्डर र ककपिट भोइस रेकर्डरले उडानमा भएको गल्तीबारे अनुसन्धानकर्तालाई सङ्केतहरू दिन सक्छन्।

दुर्घटनास्थलनजिकै रहेको एनटीएसबीको प्रयोगशालामा ब्ल्याक बक्स लगिने छ र त्यसको जाँच हुने छ।

अमेरिकी अधिकारीहरूले बिहीबार ६४ जना यात्रु बोकेको यात्रुवाहक विमान सैन्य हेलिकप्टरसँग मध्य आकाशमा ठोक्किएर वासिङ्टनको बरफिलो पोटोम्याक नदीमा खसेको दुर्घटनामा कोही पनि जीवित नरहेको सम्भावना रहेको बताएका छन् ।

दुवै विमान पोटोम्याक नदीमा खसे र यात्रुवाहक विमानको फ्युजलेज उल्टो भएर तीन भागमा टुक्रिएको थियो ।

युएस फिगर स्केटिङले उडानमा केही खेलाडी, प्रशिक्षक र अधिकारीहरू रहेको बताएको छ भने मस्कोका अधिकारीहरूले सन् १९९४ को विश्व जोडी शीर्षक जित्ने विवाहित रूसी जोडी इभजेनिया सिस्कोभा र भादिम नाउमोभ विमानमा रहेको पुष्टि गरेका छन् ।

साठी यात्रु र चार चालक दलका साथ अमेरिकन एयरलाइन्सको सहायक कम्पनीले सञ्चालन गरेको बोम्बार्डियर विमान विचिता, कान्सासबाट उडान गरेपछि राति ९ः०० बजे (०२०० जिएमटी) रेगन राष्ट्रिय विमानस्थल नजिक पुगेको थियो । अमेरिकी सेनाका अधिकारीहरूले संलग्न हेलिकप्टर तीन सैनिक बोकेको ‘प्रशिक्षण उडान’ मा रहेको ब्ल्याक हक भएको बताए ।

भीडभाड भएको हवाई क्षेत्र

आधुनिक ठक्कर–बचाव प्रविधि र नजिकैका ट्राफिक कन्ट्रोलरहरू भएको यात्रुवाहक विमान राजधानीको आकाशमा सैन्य विमानसँग कसरी ठोक्किन पुग्यो भन्ने अस्पष्ट छ ।

वासिङ्टन वरपरको हवाई क्षेत्रमा प्रायः भीड हुन्छ, रेगन नेसनलमा अवतरण गर्न सहरको तल्लो भागमा विमानहरू आउँछन् र हेलिकप्टरहरू–सैन्य, नागरिक र वरिष्ठ राजनीतिज्ञ वा अधिकारीहरू बोकेका–दिन र रात दुवै वरिपरि घुमिरहन्छन् । यही विमानस्थलमा सन् १९८२ जनवरीमा एयर फ्लोरिडा फ्लाइट ९०, एक बोइङ ७३७, उडेको तर तुरुन्तै खसेर १४औँ स्ट्रिट पुलमा ठोक्किएर पोटोम्याक नदीको बरफ दुर्घटना भएको थियो । त्यस दुर्घटनामा ७८ जनाको मृत्यु भएको थियो ।

एजेन्सी