वासिङ्टन । अमेरिकन एयरलाइन्सको विमान आकाशमै एउटा हेलिकोप्टरसँग ठोक्किएको छ ।
अवतरण गर्ने तयारीमा रहेको एउटा यात्रुवाहक विमान अर्को हेलिकप्टरसँग आकाशमा ठोकिएको अमेरिकाको सङ्घीय नागरिक उड्डयन निकाय (एफएए)ले जनाएको छ।
स्थानीय समयानुसार बेलुकी ९ बजेतिर हावामा हेलिकप्टरसँग ठोकिएपछि अमेरिकन एअरलाइन्सको उक्त विमान वाशिड्टन डीसीमा बग्ने पोटोम्याक नदीमा खसेको थियो। चालकदलका चार र यात्रु ६० जना सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट प्रस्थान गरेको थियो।
एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।
उक्त घटनामा कति जना हताहत भए भन्ने जानकारी उपलब्ध छैन। विमान खसेको ठाउँमा खोजी र उद्धार अभियान आरम्भ भएको समाचार एजेन्सीहरुले जनाएका छन्।
दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।