शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

१० अंकले नेप्से घट्दा आठ अर्ब ९२ करोडको शेयर किनबेच

सोमबार, माघ १४ २०८१

काठमाडौं । नेप्से दोहोरो अंकले घटेको छ । अघिल्लो दिन घटेको नेप्से आज सोमबार पनि १० दशमलव ६१ अंकले घटेर २६ सय ३३ दशमलव ३२ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स दुई दशमलव शुन्य सात अंकले घटेर चार सय ४१ दशमलव ५२ अंकमा झरेको छ । नेप्सेमा आज तीन सय १२ वटा कम्पनीहरुको ८७ हजार पाँच सय ६४ पटकको कारोबारमा एक करोड ७२ लाख ५३ हजार पाँच सय ७६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोबार रकम आठ अर्ब ९२ करोड ४० लाख ६५ हजार आठ सय ८८ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएकोमा पाँच वटा समुहहरुको सुचक बढेर आठ वटा समुहहरुको सुचक घटेका छन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ४९ अंकले घटेर १३ सय ३१ दशमलव २२ अंकमा पुगेकोमा जीवन बीमा समुहको सुचक पनि एक सय ४३ दशमलव ६१ अंकले घटेर १२ हजार आठ सय ४८ दशमलव ६२ अंकमा पुगेको छ । निर्जीवन बीमा समुहको सुुचक पनि ८५ दशमलव ५७ अंकले घटेर १२ हजार छ सय १६ दशमलव ५१ अंकमा झरेकोमा होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने ४० दशमलव ५२ अंकले बढेर पाँच हजार छ सय ३४ दशमलव ७४ अंकमा चढेकोमा जलबिद्युत, फाईनान्स, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज ङादी ग्रुप पावर लिमिटेडले सबै भन्दा बढी कमाएपनि सप्तकोशी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । सिन्धु बिकास बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ ।