काठमाडौं । नेप्से घटेको छ । अघिल्लो दिन उच्च अंकले बढेको नेप्से आज बिहिबार ११ दशमलव १० अंकले घटेर २६ सय ५४ दशमलव ३५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ९९ अंकले घटेर चार सय ४६ दशमलव ८१ अंकमा पुगेको छ।
नेप्सेमा आज तीन सय १८ वटा कम्पनीहरुको ८४ हजार सात पटकको कारोबारमा एक करोड ५१ लाख चार हजार ३३ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम सात अर्ब ८५ करोड ७७ लाख ९२ हजार तीन सय २६ रुपैंयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये दुई बिकास बैंक समुहको सुचक ४५ दशमलव ८८ अंकले बढेर पाँच हजार पाँच सय ६० दशमलव ९६ अंकमा पुगेकोमा उत्पादनमुलक समुहको सुचक पनि झिनो अंकले बढेको छ । यि बाहेक बाँणिज्य बैंक समुहको सुचक भने आठ दशमलव ४१ अंकले घटेर १३ सय ५० दशमलव ७४ अंकमा झरेकोमा जीवन बीमा समुहको सुचक पनि दुई दशमलव ३५ अंकले घटेर १३ हजार ७४ दशमलव ३० अंकमा झरेको छ । निर्जीवन बीमा समुहको सुचक पनि ९४ दशमलव ९२ अंकले घटेर १२ हजार सात सय ८८ दशमलव ९६ अंकमा झरेकोमा जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि घटेका छन् ।
आज सामुदायिक लघुवित्त वित्तीय संस्था सबैभन्दा बढी कमाउँदा सुपर मादी हाईड्रोपावर लिमिटेडले गुमाएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको सबैभन्दा बढी रकम कारोबार भएको छ ।