शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

विश्वकप महिला क्रिकेट : अष्ट्रेलियासँग पराजित भएसँगै उपाधि होडबाट बाहिरियो नेपाल

बुधबार, माघ ९ २०८१

काठमाडौं । नेपाल आईसीसी यू-१९ महिला टी२० विश्वकपमा अष्ट्रेलियासँग पराजित भएसँगै उपाधि होडबाट बाहिरिएको छ।

समुह चरणको अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८५ रनले पराजित भएको हो ।

बुधबार भएको खेलमा अस्ट्रेलियाले दिएको १४० रनको लक्ष्य पछ्याएको नेपालले ५६ रन मात्र बनाउन सक्यो।

जारी विश्वकपमा नेपाल तीनवटै खेलमा पराजित भयो । पहिलो खेलमा बंगलादेश तथा दोस्रो खेलमा स्कटल्याण्डसँग पराजित भएको थियो ।