शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

नेप्सेमा उछाल, सुुचक तथा कारोबार रकम दुबैमा उच्चबृद्धि

बुधबार, माघ ९ २०८१

काठमाडौं । सुुचक तथा कारोबार रकम दुबै उच्च अंकले बढ्दा नेप्सेमा उछाल देखिएको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से ५२ दशमलव ३६ अंकले बढेर २६ सय ६५ दशमलव ४५ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दशमलव ६५ अंकले बढेर चार सय ४८ दशमलव ८० अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय २२ वटा कम्पनीहरुको ९० हजार छ सय ९६ पटकको कारोबारमा एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौं अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ रुपैंयाँ पुगेको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । आज बाँणिज्य बैंक समुहको सुचक १७ दशमलव ८२ अंकले बढेर १३ सय ५९ दशमलव १५ अंकमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ७७ दशमलव ६९ अंकले बढेर तीन हजार सात सय २७ दशमलव १९ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक दुई सय ४३ दशमलव २५ अंकले बढेर १३ हजार ७६ दशमलव ६६ अंकमा चढेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय २७ दशमलव ९८ अंकले बढेर १२ हजार आठ सय ८३ दशमलव ८९ अंकमा पुगेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी कमाउँदा बाराही हाईड्रोपावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । नेप्सेमा आज एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको आज सबैभन्दा बढी रकम कारोबार भएको छ।