शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

एभरेष्ट बैंकले छ महिनामा कमायो दुई अर्ब रुपैंयाँ खुद मुनाफा

सोमबार, माघ ७ २०८१

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा दुई अर्ब सात करोड ७४ लाख ६३ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । बैंकले कमाएको यो नाफा गत आवको सोही अवधिको तुलनामा २१ दशमलव ११ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा एक अर्ब ७१ करोड ३१ लाख ४८ हजार रुपैंयाँ रहेको थियो।

हाल चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासिक अवधिमा दुई खर्ब ५० अर्ब ४३ करोड पाँच लाख १३ हजार रुपैंयाँ निक्षेप संकलन गरी दु्ई खर्ब आठ अर्ब ४३ करोड २७ लाख ८८ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा चार अर्ब ३१ करोड ५८ लाख २१ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ६६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ।

गत आवको सोही अवधिमा भने बैंकले दुई खर्ब ३२ अर्ब ३१ करोड ६६ लाख पाँच हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब २१ करोड ५३ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन अर्ब ६२ करोड ३४ लाख ८७ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दशमलव ७७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो।