छ महिनामा कमायो तीन अर्ब पाँच करोड ३४ लाख ८९ हजार रुपैंयाँ नाफा
काठमाडौं । ग्लोवल आईएमई बैकको नाफा बढेको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासिक अवधिमा तीन अर्ब पाँच करोड ३४ लाख ८९ हजार रुपैंयाँ खुद मुनाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा ४९ दशमलव ५१ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा बैंकको यस्तो नाफा दुई अर्ब चार करोड २३ लाख २९ हजार रुपैंयाँ रहेको थियो।
हाल चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५३ हजार रुपैंयाँ रहेको बैंकले चालु आवको दोस्रो त्रैमासमा पाँच खर्ब १३ अर्ब ९८ करोड २८ लाख ६८ हजार रुपैंयाँ निक्षेप संकलन गरी चार खर्ब सात अर्ब आठ करोड ८२ लाख १३ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा आठ अर्ब २९ करोड ८५ लाख २५ हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ८६ प्रतिशत कर्जा निष्क्रिय रहेको छ।
गत आवको सोही अवधिमा भने बैंकले चार खर्ब ८७ अर्ब ४५ करोड ५८ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन खर्ब ६९ अर्ब ४२ करोड ४५ लाख १९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । यस अवधिमा नौं अर्ब दुई करोड ८७ लाख ९० हजार रुपैंयाँ खुद व्याज आम्दानी गरेको बैंकमा चार दशमलव ६८ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो।