काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन बढेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहिबारसात दशमलव ३३ अंकले घटेर २५ सय ८८ दशमलव ६२ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३९ अंकले घटेर चार सय ३६ दशमलव ६२ अंकमा झरेको छ । नेप्सेमा आज दुई सय ९६ वटा कम्पनीहरुको ७० हजार छ सय ३४ पटकको कारोबारमा एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम पाँच अर्ब ९३ करोड ३७ लाख ११ हजार छ सय ७४ रुपैयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक बढेका छन् । यि बाहेकका बाँकी समुहहरुको सुचक भने घटेका छन् । सो मध्ये आज बाँणिज्य बैंक समुहको सुचक १० दशमलव १७ अंकले घटेर १३ सय ४५ दशमलव ५४ झरेकोमा जीवन बीमा समुहको सुचक पनि ७७ दशमलव ५९ अंकले घटेर १२ हजार पाँच सय ७३ दशमलव १२ अंकमा झरेको छ । निर्जीवन बीमा, बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी र लघुवित्त समुहको सुचक पनि घटेका छन् । जलबिद्युत समुहको सुचक भने दुई दशमलव ६६ अंकले बढेर तीन हजार छ सय ६९ दशमलव ७७ अंकमा चढेकोमा उत्पादनमुलक, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि सामान्य अंकले बढेका छन्।
कारोबार भएका मध्ये आज बोटर्लस नेपाल बालाजु लिमिटेडले सबै भन्दा बढी कमाउँदा पोखरा फाईनान्सले गुमाएको छ । सिन्धु बिकास बैंकको भने सबैभन्दा बढी रकम कारोबार भएको छ।