बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

राष्ट्रपति पौडेलद्वारा भूमि अध्यादेश पनि जारी

बुधबार, माघ २ २०८१

काठमाडौं । अध्ययनका लागि रोकिएको भनिएको भूमिसम्बन्धी अध्यादेश पनि राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका छन् ।

मन्त्रिपरिषद्ले पाँच वटा अध्यादेश जारी गर्नका लागि सिफारिस गरेको थियो । ती पाँचमध्ये यसअघि नै ४ वटा अध्यादेश जारी भएका थिए भने एउटा बाँकी थियो ।

बाँकी रहेको भूमिसम्बन्धी अध्यादेश पनि आज जारी भएको हो । भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश आवश्यक अध्ययनका लागि भनेर रोकिएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार सो अध्यादेश जारी गरेका हुन्।