काठमाडौैं । नेप्से बढेको छ । साताको चौंथो कारोबार दिन आज बुधबार नेप्से एक दशमलव ८३ अंकले बढेर २५ सय ९५ दशमलव ९६ अंकमा चढेको भएपनि सेन्सिटिभ इन्डेक्स भने दुई दशमलव ४१ अंकले घटेर चार सय ३९ दशमलव शुन्य एक अंकमा झरेको छ।
नेप्सेमा आज दुई सय ९९ वटा कम्पनीहरुको ६३ हजार तीन सय ७४ पटकको कारोबारमा एक करोड सात लाख ४५ हजार चार सय २७ कित्ता शेयर किनबेच भएकोमा कारोबार रकम पाँच अर्ब ८२ करोड ४९ लाख चार हजार एक सय ३४ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये छ वटा समुहहरुको सुचक घटेर बाँकी समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ११ दशमलव शुन्य आठ अंकले घटेर १३ सय ५६ दशमलव ७१ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ५१ दशमलव ४९ अंकले घटेर १२ हजार चार सय ३२ दशमलव ४३ अंकमा पुगेको छ । फाईनान्स लगानी, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक ५८ दशमलव १३ अंकले बढेर पाँच हजार चार सय २६ दशमलव ७२ अंकमा पुगेकोमा जलबिद्युत, जीवन बीमा, होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।
आज दोल्ती हाईड्रो पावर कम्पनीले सबैभन्दा बढी कमाउँदा ङादी हाईड्रो पावर लिमिटेडले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको सबैभन्दा बढी रकम कारोबार भएको छ।