शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

गरिमा विकास बैंकको १८ औं वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा दिलिप प्रताप खाँड चयन

बुधबार, माघ २ २०८१

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा सोमबार पोखरामा सम्पन्न भएको छ । उक्त साधारण सभाले प्रस्तुत भएका सम्पूर्ण प्रस्तावहरु छलफल गरी सर्वसम्मत पारित गरेको छ । विकास बैंकले आ.व. २०८०/८१ को वार्षिक प्रतिवेदन सहित शेयरधनीहरुलाई प्रस्ताव गरिएको ५ प्रतिशत (कर सहित) को नगद लाभांस सर्वसम्मतीले पारित गरेको छ।

उक्त साधारण सभाबाट आगामी कार्यकालका लागि संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु दिलिप प्रताप खाँड, श्याम प्रसाद बस्याल र दिपेन्द्र श्रेष्ठ निर्वाचित भएका छन । त्यसैगरी सर्वसाधारण शेयरधनीको प्रतिनिधित्व गर्ने ३ जना संचालकहरु विमल पाण्डे, शोभाकान्त ढकाल र आयुष्मा कोईराला निर्वाचित भएका छन।

साधारणसभा पश्चात बसेको नवनिर्वाचित संचालकहरुको बैठकले दिलिप प्रताप खाँडलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको बताइएको छ । २०८१ पौष १७ गतेसम्म कायम रहेका विकास बैंकका शेयरधनीहरुले मात्र सभाले पारित गरेको लाभांस प्राप्त गर्नेछन्।

हाल बैंकको चुक्ता पूँजी रु ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रहेको छ । विकास बैंकले हाल देशभर १२३ शाखा कार्यालयहरु, १ एक्स्टेन्सन काउण्टर र ५१ एटिएमका साथै नविनतम डिजिटल बैंकिङमार्फत सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रवाह गर्दै आईरहेको छ।