शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि

सोमबार, पुष २९ २०८१

काठमाडौं । रियल मड्रिडलाई हराउँदै बार्सिलोनाले सुपर कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडलाई ५-२ गोलअन्तरले हराउँदै बार्सिलोना च्याम्पियन बनेको हो ।

खेलको सुरुवातमा नै अग्रता बनाएको रियल मड्रिडलाई पछि पार्दै बार्सिलोनाले उपाधि कब्जामा पारेको हो । पाँचौं मिनेटमा एमबाप्पेले गोल गरेपछि रियलले अग्रता लिएको थियो । २२औं मिनेटमा यमालले बराबरी गोल फर्काए ।

३६औं मिनेटमा लेवान्डस्कीले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई खेलमा अग्रता दिलाए । ३९औं मिनेटमा राफिन्हाले गोल गरे भने लामो समय चलेको इन्जुरी समयमा बाल्डेले गोल गरेपछि बार्सीलोना एकपक्षीय रूपमा ४-१ ले अगाडि बढेको थियो ।

दोस्रो हाफको ४९औं मिनेटमा राफिन्हाले व्यक्तिगत दोस्रो गोल गरे । ५६औं मिनेटमा बार्सीलोनाका गोलरक्षक सेजेनीले एमबापेलाई फल गरेपछि भिएआरमार्फत रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए ।

त्यसपछि १० खेलाडीमा सीमित बार्सिलोनाविरूद्ध ६०औं मिनेटमा रोड्रिगोले गोल गरेपनि रियल ५-२ ले अझै पछाडि थियो । त्यसपछि थप गोल भएनन् र बार्सिलोना च्याम्पियन बन्यो ।

बार्सिलोनाले सुपर कपको १५औं उपाधि जितेको हो । रियल मड्रिडले यो १३ पटक जितेको छ ।