काठमाडौं । जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटमा नेपाल पुलिसले बागमती प्रदेशलाई हराएको छ ।
जनकपुरमा आइतबार बागमतीले दोस्रो इनिङमा पुलिसलाई ११६ रनको सामान्य लक्ष्य दिएको थियो । उक्त लक्ष्य पुलिसले ५ विकेटको क्षतिमा पूरा गर्न सफल भयो।
जितसँगै नेपाल पुलिस फाइनलमा प्रवेश गरेको हो । यसअघि आर्मीले मधेश प्रदेशलाई हराउँदै फाइनलमा पुगेको थियो ।
उपाधि भिडन्त मंगलबारदेखि वीरगञ्जमा हुनेछ ।