काठमाडौं । त्रिभुवन आर्मी क्लब जय ट्रफी पुरुष एलिट दुईदिवसीय क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । आर्मीले मधेश प्रदेशविरुद्ध ८ विकेटको जित दर्ता गरेसँगै फाइनल प्रवेश गरेका हो।
नारायणी क्रिकेट मैदानमा आइतबार दोस्रो दिनको खेल चलिरहँदा मधेश ६४.१ ओभरमा १५० रनमा समेटिएर २७ रनको मात्र अग्रता बनाउन सफल भएको थियो । उक्त लक्ष्य आर्मीले मात्र २ विकेटको क्षतिमा पूरा गर्न सफल भयो ।
अब फाइनल खेल्ने अर्को टोली नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच भइरहेको प्रतिस्पर्धाले दिनेछ । पुलिस विजयी भए सोझै फाइनलमा पुग्नेछ भने बागमतीको जितले रनरेट पर्खनु पर्नेछ ।