शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

‘जिसिएफ’ मान्यताप्राप्त पहिलो वाणिज्य बैंक बन्यो एनआइएमबी

आइतबार, पुष २८ २०८१

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआइएमबी) ‘ग्रिन क्लाइमेट फण्ड’ (जिसिएफ) बाट मान्यताप्राप्त नेपालकै पहिलो वाणिज्य बैंक बनेको छ ।

एनआइएमबीले पाँच करोडदेखि २५ करोड अमेरिकी डलरसम्मका मध्यम आकार वर्गका जलवायु वित्त परियोजना व्यवस्थापन गर्न सक्षम वाणिज्य बैंकको मान्यता पाएको हो । जिसिएफ जलवायु कार्यका लागि संसारकै सबैभन्दा ठूलो जलवायु प्रतिबद्ध कोष हो ।

एनआइएमबीले हाल २७२ शाखा, ८१ शाखारहित, २६६ एटिएम र ६५ एक्सटेन्सन काउन्टरमार्फत् ३२ लाख ९० हजार ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।