बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चीनको विधुतीय गाडीको बिक्रीमा ४०.७ प्रतिशतले वृद्धि

शुक्रबार, पुष २६ २०८१

बेइजिङ । विश्वमा नवीकरणीय ऊर्जाबाट चल्ने गाडीको माग बढ्दै गएपछि चीनमा गतवर्ष विद्युतीय र हाइब्रिड सवारीसाधनको बिक्री ४० प्रतिशत भन्दा बढीले बढेको छ । चाइना प्यासेन्जर कार एसोसिएसन (सीपीसीए) ले बिहीबार जानकारी गराए अनुसार सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक करोड आठ लाख ९९ हजार वटा विधुतीय गाडीको खुद्रा बिक्री भएको छ।

हालैका वर्षमा बेइजिङको उदार अनुदानबाट प्रेरित चिनियाँ विधुतीय सवारीसाधनको बजारले व्यापक वृद्धि पाएको छ । सीपीसीएका अनुसार गत वर्ष कुल खुद्रा बिक्रीको करिब आधा अर्थात् ४७.६ प्रतिशत हिस्सा विद्युतीय गाडीले ओगटेको थियो ।

सीपीसीएको तथ्यांक अनुसार डिसेम्बरमा यस्ता गाडीको बिक्री संख्या १३ लाखभन्दा बढी पुगेको छ । यो वर्षभरकिो तुलनामा ३७.५ प्रतिशतले बढी हो र यो लगातार पाँचौं महिना १० लाखभन्दा बढीको बिक्री हो । विश्वको सबैभन्दा ठूलो अटोमोटिभ बजार चीनमा घरेलु कार निर्माताहरूबीच कडा प्रतिस्पर्धा देखिएको छ ।

चिनियाँ बजारमा बीवाईडीले अन्य कारको तुलनामा व्यापक बजार पाएको छ । शेन्जेनस्थित कम्पनीले सन् २०२४ मा विश्वभर ४० लाखभन्दा बढी गाडी बिक्री गरेको थियो । रासस/एएफपी ।