काठमाडौं। एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनी महानुभावहरुको उपस्थितिमा यही बिहिबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाडौंमा २९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।
एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका शेयरधनीहरुले आ–आफ्नो विचार समेत ब्यक्त गरेका थिए । बैंकको २०८१ आषाढ सम्ममा खुद नाफा रु.२ अर्ब २४ करोड, निक्षेप रु.२२७.१० अर्ब र कर्जा रु.२०४.६१ अर्ब रहेको छ।
बैंकले हाल देशभरी २०१ शखा, १८७ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।