काठमाडौं । साताको चौंथो कारोबार दिन आज बुधबार पनि नेप्से बढेको छ । अघिल्लो छ दशमलप १६ अंकले बढेको नेप्से आज छ दशमलव ५३ अंकले बढेर २६ सय ५३ दशमलव ३८ अंकमा पुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि एक आज दशमलव शुन्य एक अंकले बढेर चार सय ५१ दशमलव ५० अंकमा पुगेको छ।
नेप्सेमा आज तीन सय पाँच वटा कम्पनीहरुको ७२ हजार एक सय २० पटकको कारोबारमा एक करोड ५५ लाख दुई हजार सात सय ५१ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम छ अर्ब ४० करोड ७९ लख ९२ हजार सात सय ८४ रुपैयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार भएको मध्ये सात वटा समुहहरुको सुचक घटेका छन् भने बाँकी समुहहरुको सुचक बढेका छन् । आज बाँणिज्य बैंक समुहको सुचक तीन दशमलव ६६ अंकले घटेर १३ सय ९० दशमलव ६१ अंकमा पुगेको छ भने निर्जीवन बीमा, होटल तथा पर्यटन, लगानी, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय ३८ दशमलव ५८ अंकले बढेर पाँच हजार छ सय दुई दशमलव ५७ पुगेकोमा जलबिद्युत, जीवन बीमा, फाईनान्स, उत्पादनमुलक र लघुवित्त समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज समृद्धि फाईनान्सले सबैभन्दा बढी कमाउँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । सबै भन्दा बढी कमाउने कम्पनीहरुको सुचीमा भने आज ङादी ग्रुप पावर कम्पनी लिमिटेड परेको छ।