बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नेप्सेमा हरियाली, ४९ अंकले बढ्दा छ अर्ब ३० करोडको कारोबार

सोमबार, पुष २२ २०८१

काठमाडौं । नेप्सेमा हरियाली देखिएको छ । अघिल्लो दिन सामान्य अंकले बढेको नेप्से आज सोमबार ४९ दशमलव १२ अंकले बढेर २६ सय ४० दशमलव ६८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि छ दशमलव ६९ अंकले बढेर चार सय ४९ दशमलव ५९ अंकमा चढेको छ । तीन सय १२ वटा कम्पनीहरुको ७५ हजार पाँच सय ४० पटकको कारोबारमा एक करोड ५४ लाख ६१ हजार दुई सय ६४ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम छ अर्ब ३० करोड ५४ लाख ३१ हजार आठ सय ५४ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा १३ वटै समुहहरुको सुचक बढेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दशमलव १६ अंकले बढेर १३ सय ९७ दशमलव ३० अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि एक सय २५ दशमलव ७० अंकले बढेर तीन हजार छ सय ६४ दशमलव ६८ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि दुई सय ८५ दशमलव १२ अंकले बढेर १२ हजार सात सय २० दशमलव २४ अंकमा पुगेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि एक सय २९ दशमलव ८२ अंकले बढेर १२ हजार पाँच सय ८५ दशमलव ६७ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।