शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

पाँच अंकले बढ्यो नेप्से, गुमाउने भन्दा कमाउने समुह धेरै

आइतबार, पुष २१ २०८१

काठमाडौं । नेप्से बढेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से पाँच दशमलव ३२ ंअंकले बढेर २५ सय ९१ दशमलव ५६ अंकमा पुगेपनि सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६७ अंकले घटेर चार सय ६२ दशमलव ८९ अंकमा सिमित भएको छ । तीन सय २७ वटा कम्पनीहरुको ६१ हजार एक सय ६७ पटकको कारोबारमा ९३ लाख ८६ हजार सात सय २१ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम चार अर्ब ८६ करोड दुई लाख एक हजार नौं सय ७४ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहले गुमाएपनि बाँकी आठ वटा समुहले भने कमाएका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक सात दशमलव ७१ अंकले घटेर १३ सय ८२ दशमलव १४ अंकमा पुगेकोमा उत्पादनमुलक, फाईनान्स, लघुवित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेका छन् । बिकास बैंक समुहको सुचक भने एक दशमलव १९ अंकले बढेर पाँच हजार दुई सय ८९ दशमलव ७७ अंकमा चढेकोमा जीवन बीमा समुहको सुचक पनि ३४ दशमलव १८ अंकले बढेर १२ हजार चार सय ३५ दशमलव १२ अंकमा चढेको छ । निर्जीवन बीमा समुहको सुचक पनि पाँच दशमलव ९४ अंकले बढेर १२ हजार चार सय ५५ दशमलव ८४ अंकमा चढेकोमा जलबिद्युत, होटल तथा पर्यटन, लगानी, अन्य र व्यापार समुहको सुचक पनि बढेका छन्।

नेप्सेमा आज उपकार लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा नारायणी डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।