शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सानिमा बैंकको क्यास ब्याक अफर बिग मार्टमा पनि सुरु

शुक्रबार, पुष १९ २०८१

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टमा विशेष क्यास ब्याकको व्यवस्था गरेको छ । बिगमार्टको, काठमाडौं उपत्यकामा ९८, पोखरामा पाँच वटा र चितवनमा चार गरी नेपाल अधिराज्यभर एक सय सात वटा आउटलेट सञ्चालनमा रहेका छन्।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत बिग मार्टमा सामान खरिद गरी भुक्तानी गर्दा ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम दुई सय रूपैयाँसम्मको क्यास ब्याकको व्यवस्था गरेको छ । यो योजना २०८१ पुस १९ देखि २०८२ पुस १६ सम्म लागु हुनेछ । यसैगरी, बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा एक सय ३४ वटा शाखा कार्यालयहरु तथा एक सय २५ वटा ए.टि.एमहरु संचालनमा रहेका छन्।