पाँच वटा समुहले गुमाउँदा आठ वटा समुहले कमाए
काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन पाँच दशमलव १० अंकले बढेको नेप्से आज बिहिबार चार दशमलव ६३ अंकले बढेर २५ सय ८६ दशमलव २३ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ५५ अंकले घटेर चार सय ४३ दशमलव ५६ अंकमा सिमित भएको छ।
नेप्सेमा आज तीन सय १५ वटा कम्पनीहरुको ५० हजार चार सय ४७ पटकको कारोबारमा एक करोड ८६ हजार सात सय पाँच कित्ता शेयर किनबेच भएका छन् । सो अनुसार आज कुल कारोबार रकम चार अर्ब ६० करोड ३२ लाख ८२ हजार तीन सय ७९ रुपैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा पाँच वटा समुहहरुको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दशमलव २१ अंकले घटेर १३ सय ८९ दशमलव ६९ अंकमा पुगेकोमा लगानी, लघुवित्त, अन्य र व्यापार समुहको सुचक पनिे घटेका छन् । बिकास बैक समुहको सुचक भने एक सय २४ दशमलव २३ अंकले बढेर पाँच हजार दुई सय ८८ दशमलव ५८ अंंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६३ दशमलव ९२ अंकले बढेर तीन हजार चार सय ८० दशमलव ६३ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ४६ दशमलव शुन्य आठ अंकले बढेर १२ हजार चार सय दशमलव ९४ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि ९५ दशमलव ८७ अंकले बढेर १२ हजार चार सय ४९ दशमलव ९० अंकमा पुगेको छ । यि बाहेक फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र सामुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज ङादी ग्रुप पावर लिमिटेडले सबैभन्दा बढी कमाउँदा सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयरतर्फ भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।