काठमाडौं । नेप्से घटेर राताम्मै भएको छ । साताको तेस्रो दिन आज मंगलबार नेप्से ३३ दशमलव शुन्य आठ अंकले घटेर २५ सय ७६ दशमलव ५० अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव २८ अंकले घटेर चार सय ४४ दशमलव ७१ अंकमा पुगेको छ । तीन सय आठ वटा कम्पनीहरुको ६९ हजार नौं सय २३ पटकको कारोबारमा एक करोड ३१ लाख ७४ हजार तीन सय ७९ कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबा रकम रकम पाँच अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१ रुपैंयाँ पुगेको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा अन्य समुहको सुचक एक दशमलव १९ अंकले बढेपनि बाँकी समुहहरुको सुचक उच्च अंकले घटेको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दशमलव शुन्य नौं अंकले घटेर १४ सय दुई दशमलव ३३ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि ५९ दशमलव ६० अंकले घटेर तीन हजार तीन सय ७४ दशमलव ७१ अंकमा पुगेको छ। जीवन बीमा समुहको सुचक पनि ८१ दशमलव २२ अंकले घटेर १२ हजार तीन सय ६३ दशमलव १० अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय १८ दशमलव ३८ अंकले घटेर १२ हजार तीन सय २५ दशमलव ८४ अंकमा पुगेको छ । बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र व्यापार समुहको सुचक पनि उच्च अंकले घटेका छन्।
नेप्सेमा आज नाडेप लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । प्रभु बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।