शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

२१ अंकले घट्यो नेप्से

तीन वटा समुहले कमाउँदा १० वटा समुहले गुमाए

आइतबार, पुष १४ २०८१

काठमाडौं । नेप्से घटेको छ । साताको पहिलो दिन आज आईतबार नेप्से २१ दशमलव १२ अंकले घटेर २६ सय नौं दशमलव ५८ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ४६ अंकले घटेर चार सय ४८ दशमलव ९९ अंकमा पुगेको छ । तीन सय १६ वटा कम्पनीहरुको ६६ हजार सात सय ७४ पटकको कारोबारमा एक करोड १० लाख ९९ हजार दुई सय ३९ कित्ता शेयर किनबेच भएकोमा आज कुल कारोबार रकम पाँच अर्ब ४७ करोड ४८ लाख ६८ हजार सात सय ६४ रुपैंयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा तीन वटा समुहहरुको सुचक बढेर बाँकी समुहहरुको सुचक घटेका छन् । सो मध्ये लघुवित्त समुहको सुचक ५५ दशमलव ५० अंकले बढेर चार हजार नौं सय ७७ दशमलव ९७ अंकमा पुगेको छ भने सामुहिक लगानी कोष र अन्य समुहहरुको सुचक पनि बढेको छ । बँणिज्य बैंक समुहको सुचक भने १२ दशमलव ४८ अंकले घटेर १४ सय १५ दशमलव ४३ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ६० दशमलव ६६ अंकले घटेर तीन हजार चार सय ३४ दशमलव ३२ अंकमा पुगेको छ । यसैगरी जीवन बीमा समुहको सुचक पनि ४९ दशमलव ४० अंकले घटेर १२ हजार चार सय ४४ दशमलव ३३ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि १६ दशमलव १९ अंकले घटेर १२ हजार चार सय ४४ दशमलव २३ अंकमा पुगेको छ । यि बाहेक बिकास बैंक, फाईनान्स, होेटल तथा पर्यटन, लगानी, उत्पादनमुलक र व्यापार समुहहरुको सुचक पनि उच्च अंकले अंकले घटेका छन्।

नेप्सेमा आज महिला लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । प्रभु बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।