शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

चार अंकले बढ्यो नेप्से

चार वटा समुहले कमाउँदा नौं वटा समुहले गुमाए

बिहिबार, पुष ११ २०८१

काठमाडौं । नेप्से बढेको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से चार दशमलव १९ अंंकले बढेर २६ सय ३० दशमलव ७१ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ३० अंकले बढेर चार सय ५१ दशमलव ४५ अंकमा चढेको छ । तीन सय १० वटा कम्पनीहरुको ६१ हजार आठ सय ३९ पटककको कारोबारमा दुई करोड नौं लाख ७८ हजार नौं सय ७९ कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम पाँच अर्ब ३२ करोड ९२ लाख ७४ हजार चार सय ५४ रुपैयाँ कायम भएको छ।

नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा चार वटा समुहहरुको सुचक बढेपनि बाँकी समुहहरुको सुचक भने उच्च अंकले घटेका छन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक २५ दशमलव ४६ अंकले बढेर १४ सय २७ दशमलव ९१ अंकमा पुगेको छ भने लघुवित्त, लगानी र व्यापार समुहको सुचक पनि बढेका छन् । बिकास बैंक समुहको सुचक भने एक सय ३६ दशमलव ९६ अंकले घटेर पाँच हजार तीन सय ६६ दशमलव ११ अंकमा पुगेकोमा जलबिद्युत समुहको सुचक पनि ४५ दशमलव ३८ अंकले घटेर तीन हजार चार सय ९४ दशमलव ९८ अंकमा पुगेको छ । जीवन बीमा समुहको सुचक पनि ३८ दशमलव १७ अंकले घटेर १२ हजार चार सय ९३ दशमलव ७३ अंकमा पुगेको छ भने निर्जीवन बीमा, बिकास बैंक, होटल तथा पर्यटन, उत्पादनमुलक, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि घटेका छन्।

नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा कर्पोरेट डेभलपमेन्ट बैंकले सबैभन्दा बढी गुमाएको छ । प्रभु बैंकको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।