काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफी २०२५ को खेल तालिका सार्वजनिक भएको छ। पाकिस्तानमा आगामी फेब्रुअरीमा हुने प्रतियोगिताका लागि आइसीसीले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो।
च्याम्पियन्स ट्रफीमा पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानको सहभागिता रहनेछ।
च्याम्पियन्स ट्रफीको साबिक विजेतासमेत रहेको पाकिस्तानले न्युजिल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यो खेल पाकिस्तानको कराँचीमा हुनेछ । पाकिस्तानले यसअघि सन् २०१७ मा भारतलाई हराउँदै च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो।
यता भारतका खेलहरू युनाइटेड अरब इमिरेट्स (युएई)मा हुने भएका छन् । च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाकिस्तानले पाएको छ । तर, भारतीय क्रिकेट बोर्ड (बिसिआईले) पाकिस्तान भ्रमण नगर्ने भनेपछि भारतका खेल युएईमा गरिने भएको हो ।
समूह र खेल तालिका
समूह ए – पाकिस्तान, भारत, बंगलादेश, न्यूजिल्याण्ड
समूह बी – अफगानिस्तान, दक्षिण अफ्रिका, अस्ट्रेलिया, इंग्ल्याण्ड
तालिका
फेब्रुअरी १९ : पाकिस्तान विरुद्ध न्युजिल्यान्ड (कराँची)
फेब्रुअरी २० : बंगलादेश विरुद्ध भारत (दुबई)
२१ फेब्रुअरी : अफगानिस्तान विरुद्ध दक्षिण अफ्रिका (कराँची)
२२ फेब्रुअरी : अष्ट्रेलिया विरुद्ध इंग्ल्याण्ड (लाहोर)
२३ फेब्रुअरी : पाकिस्तान विरुद्ध भारत (दुबई)
२४ फेब्रुअरी : बंगलादेश विरुद्ध न्युजिल्याण्ड (रावलपिंडी)
२५ फेब्रुअरी : अष्ट्रेलिया विरुद्ध दक्षिण अफ्रिका (रावलपिंडी)
२६ फेब्रुअरी : अफगानिस्तान विरुद्ध इंग्ल्याण्ड (लाहोर)
२७ फेब्रुअरी : पाकिस्तान विरुद्ध बंगलादेश (रावलपिंडी)
२८ फेब्रुअरी : अफगानिस्तान विरुद्ध अष्ट्रेलिया (लाहोर)
१ मार्च : दक्षिण अफ्रिका विरुद्ध इंग्ल्याण्ड (कराँची)
२ मार्च : न्यूजिल्याण्ड विरुद्ध भारत (दुबई)
४ मार्च : सेमिफाइनल १ (दुबई)
५ मार्च : सेमिफाइनल २ (लाहोर)
९ मार्च : फाइनल (लाहोर/दुबई)