काठमाडौं । १७ औँ वाणिज्य बैंकको रुपमा २०५९ साल पौष ९ गते स्थापित सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औँ वर्ष पुरा गरेको छ । बैंक संचालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथसाथै बैंकमा कार्यरत रहि १५ वर्ष पूरा गर्नुभएका कर्मचारीहरुको योगदानलाई कदर गर्दै उनीहरुलाई अभिनन्दन गरेको छ।
डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहकहरुलाई लक्षित गर्दै “सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर” ल्याएको छ । यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरु; काठमाडांै र धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथसाथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु गरी १०२ जना रक्तदाताहरुको सहभागिता रहेको थियो भने देशका अन्य बाँकी प्रदेशहरुमा पनि बैंकको रक्तदान कार्यक्रम गर्ने योजना रहेको छ।