दुई वटा समुहले गुमाउँदा ११ वटाले कमाए
काठमाडौं । साताको तेस्रो कारोबार दिन आज मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुबै बढेको छ । अघिल्लो दिन २८ अंकले बढेको नेप्से आज पनि १४ दशमलव ११ अंकले बढेर २६ सय २६ दशमलव ३१ अंकमा चढेको छ भने सेन्सिटिभ इन्डेक्स पनि दुई दशमलव ५८ अंकले बढेर चार सय ४९ दशमलव १५ अंकमा चढेको छ । तीन सय १२ वटा कम्पनीहरुको ६४ हजार नौं सय १७ पटकको कारोबारमा एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर किनबेच हुँदा आज कुल कारोबार रकम पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ रुपैैंयाँ कायम भएको छ।
नेप्सेमा आज १३ वटा समुहहरुको शेयर कारोबार हुँदा उत्पादनमुलक र व्यापार समुहको सुचक घटेपनि बाँकी समुहहरुको सुचक भने बढेका छन् । जसमध्ये बाँणिज्य बैंक समुहको सुचक १० दशमलव ६१ अंकले बढेर १४ सय दुई दशमलव ४४ अंकमा पुगेको छ भने जलबिद्युत समुहको सुचक पनि २५ दशमलव १० अंकले बढेर तीन हजार पाँच सय ४० दशमलव ३६ अंकमा चढेको छ । जीवन बीमा समुहको सुचक पनि ३५ दशमलव ६० अंकले बढेर १२ हजार पाँच सय ३१ दशमलव ९१ अंकमा चढेको छ भने निर्जीवन बीमा समुहको सुचक पनि ७० दशमलव ३३ अंकले बढेर १२ हजार चार सय ९३ दशमलव ९२ अंकमा चढेको छ । यसैगरी बिकास बैंक, फाईनान्स, होटल तथा पर्यटन, लगानी, लघुवित्त, सामुहिक लगानी कोष र अन्य समुहको सुचक पनि बढेका छन्।
नेप्सेमा आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी कमाउँदा सर्पोट लघुवित्त वित्तीय संस्थाले सबैभन्दा बढी गुमाएको छ । जानकी फाईनान्सको भने आज सबैभन्दा बढी रकम कारोबार भएको छ।